जेठ २२, २०८३ शुक्रबार June 5, 2026

परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गर्ने तालिका रहेको छ भने उनी जेठ २४ गते स्वदेश फर्किने

काठमाण्डौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्। नयाँदिल्ली पुगेको केही समयमै भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। भेटका क्रममा नेपाल र भारतबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सूचना आदानप्रदान तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा छलफल भएको जनाइएको छ। दुवै पक्षले दुई.......

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

किसानले राधा–४ सहित स्थानीय तथा ‘हाइब्रिड’ जातका धानको बीउ राखिरहेका छन्

नेपालगञ्ज, २२ जेठः किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनीका.......

आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक

प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत

काठमाडौँ, २२ जेठः विभिन्न आठ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आजको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय.......

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा तीन दिनसम्म छलफल

गण्डकी, २२ जेठः गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको हो ।.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी